Wednesday, April 23, 2014

नयाँ बर्ष

कोहीलाई प्रेमिका फेरिए जस्तो छ नयाँबर्ष,
कसैलाई श्रीमती पोईल गए जस्तो छ नयाँबर्ष।।

नयाँ पात्रोसँगै कोही नयाँ खुशीको मिती हेर्दैछन्,
कसैलाई डर त्रास र भय जस्तो छ नयाँ बर्ष।।

कोहीलाई कर्कश एकोहोरो शंखघोष झैं छ दिन 
कसैलाई लालित्यको लय जस्तो छ नयाँबर्ष।। 

कोहीलाई सुख-शुन्य जोडघटाऊ यो जिन्दगी, 
कसैलाई सयमा सय जस्तो छ नयाँबर्ष।।

यता बिक्षिप्त थकित एउटा बयोबृद्ध रात छ,
उता सुकुमारी शुभकामनामय जस्तो छ नयाँबर्ष।।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment