Wednesday, April 23, 2014

बैशको काउकुतीले चोर भा'को छ अचेल

बैशको काउकुतीले चोर भा'को छ अचेल 
धुलीमाटी खेल्याभन्दा फोर भा'को छ अचेल। 

बेहुला-बेहुली खेल्दापनी रमाउँथी हिंजो कत्ती 
झुक्किएर छुँदापनी घोर भा'को छ अचेल।। 

घाँगरको फेर उचाली मकै-भट्ट माग्थी काली 
त्यै घाँगर बाघ थुन्ने खोर भा'को छ अचेल। 

कट्टी भन्दै रुन्थी एक्लै जोडी नपाएर, 
उसको बैश मै बिना जोर भा'को छ अचेल।
बैशको काउकुतीले चोर भा'को छ अचेल।।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment