Thursday, April 24, 2014

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी 
रुनै परे तिमी सँगै, रुन देउ सानी। 

एउटा गीत लेखेको छु, तिम्रो संगितमा
सुमधुर हुन्थ्यो मधुर, धून देउ सानी। 

बिर्सिदेउ पुराना घाउ, सम्हाली देउ मन
दागहरु मेटाउँछु, धुन देउ सानी।

तिम्रो न्यानो अँगालो नै, स्वर्गसरी लाग्छ 
सधैं भरी मलाई तिम्रै, हुन देउ सानी। 

मेरो माया तिमीलाई, गुन लाग्छ भने 
गुन साट्न बदलामा, गुन देउ सानी। 
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी।।   

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment