Wednesday, April 23, 2014

नजिक आई हाई भनिन्, आशुँ खसालेर

नजिक आई हाई भनिन्, आशुँ खसालेर,
माफ गर मलाई भनिन्, आशुँ खसालेर। 

तिम्रो मेरो साईनो अब, यत्ती मात्रै रै'छ,
हुँदैछु म पराई भनिन्, आशुँ खसालेर।

लुकीछिपी साटेका ति, तस्बिर र चिठ्ठीपत्र
फ्याकिदेउ है जलाई भनिन्, आशुँ खसालेर।  

उनी सँगै मेरा पनि, आँखा रसाएछन,
नरोई देउ बधाई भनिन्, आशुँ खसालेर।

आशुँ पूछ्दै जाउ भने,घर गरेर खाउ भने,
हात हल्लाउँदै बाई भनिन्, आशुँ खसालेर।
माफ गर मलाई भनिन्, आशुँ खसालेर। 

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment