Thursday, April 24, 2014

दुई एकान भन्नेहरु दुईदुना चार भए,

धेरैभए नोटमा बिक्ने भोटका कुरा
आउ गरौं बदमासी र खोटका कुरा।।    

कती गर्छौ मालिकका बखान सधैं  
आउ गरौं गरीबका चोटका कुरा।। 

बेचिए कालाकोटे अन्धाका बजारमा
बुख्याँचाले के को सुन्थ्यो कोटका कुरा  

बाँचौ, बचाउँ र बाँच्न दिउँ सबैलाई 
जातियता बिर्सेंर गरौं अठोटका कुरा।

दुई एकान भन्नेहरु दुईदुना चार भए,
आउ काम्रेड मैदानमै गरौ दुनोटका कुरा।

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी 
रुनै परे तिमी सँगै, रुन देउ सानी। 

एउटा गीत लेखेको छु, तिम्रो संगितमा
सुमधुर हुन्थ्यो मधुर, धून देउ सानी। 

बिर्सिदेउ पुराना घाउ, सम्हाली देउ मन
दागहरु मेटाउँछु, धुन देउ सानी।

तिम्रो न्यानो अँगालो नै, स्वर्गसरी लाग्छ 
सधैं भरी मलाई तिम्रै, हुन देउ सानी। 

मेरो माया तिमीलाई, गुन लाग्छ भने 
गुन साट्न बदलामा, गुन देउ सानी। 
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी।।   

बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि?

बोलाई मलाई, तिमी अन्तै ढुक्यौ कि
जुन झैं बादलमा, तिमी आँफै लुक्यौ कि। 

बाँचुन्जेल तिमी सँगै, जिउँछु भन्थ्यौ
गरेर बाचा, तिमी आँफै चुक्यौ कि। 

बाँधिएर डोरीझैं, साथ हुन्छु भन्थ्यौ
छोडेर साथ, तिमी आँफै फुक्यौ कि। 

यो चोखो मायाको, जित हुन्छ भन्थ्यौ
हारेर मायामा, तिमी आँफै झुक्यौ कि। 

सागर झैं तिमीसँग, बहन्छु भन्थ्यौ
खहरे खोला झैं, तिमी आँफै सुक्यौ कि। 
बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि।।

अभागी आज आँफै, टुटे पछि थाहा पाँए

के रहेछ मायाप्रिती? छुटे पछि थाहा पाँए,
जवानीको मुल्य मैंले, लुटे पछि थाहा पाँए!

अशुभ भन्थे किन? टुटेका काँचका भाँडा,
अभागी आज आँफै, टुटे पछि थाहा पाँए!

तिमी सँग गर्ने धेरै, बात बाँकी छ।

यो त सन्ध्या हो पुरै, रात बाँकी छ,
तिमी सँग गर्ने धेरै, बात बाँकी छ।

कती रुज्छौ एक्लै ति परेली भिजाई,
तिमी संगै मायाको, बर्षात बाँकी छ।

मदहोस् नजरका नशा नपिलाउ आजै,
तिम्रै लागि एउटा सिंगै, मात बाँकी छ।

छिनमै गर्मी छिनमै जाडो,यो मायाको मौसम,
केही बेर पर्ख प्रिया, पुरै हिमपात बाँकी छ।

बरु काली भन कृपया मलाई जाली नभन

बरु काली भन कृपया मलाई जाली नभन,
म त तिम्रै घरवाली हुँ,मलाई साली नभन।

सम्मोहनका मधुमासमा मदहोस सुवासिनी,
म त हजुरकै फुलबारी हुँ,मलाई माली नभन।।

श्पर्शमा लालायित मस्त परागमा फक्रियकी,
म त सुन्दर गुलाब हुँ,मलाई डाली नभन।।।

सुहागका प्रतिबिम्ब तिम्रै लागि आवाद सिँउदो,
पर्खाइमा प्रताडित मलाई किन खाली? नभन।।।।

नयाँ सम्बन्ध,नयाँ संसार अनी खुशी नयाँ बर्षको,
यि त स्वम्बरका थपडीहरु हुन्,रमिते ताली नभन।।।

मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ

मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ,
सम्झनाका अमुल्य उपहारहरू, बर्षाको बेस्वादे बिमिरो भएछ।
  
समय सँग चल्न जानिन कोही कसैलाई छल्न जानिन,
त्यसैले मायाका ब्यापारीहरू, तिम्रो दिलको हिरो भएछ।

तिमीलाई सधैं आलिशान न्यानो-न्यानो जताततै,
मलाई मात्रै पापी माया, मुटु कमाउने ठिहिरो भएछ।
  
धन त बराबरी होला नहोला चाहन्थे चाहना बराबरी होस्,
तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ।।।।।

दुई थोपा आँशु झारेर के भो?

दुई थोपा आँशु झारेर के भो?
तिमी सँग मैले हारेर के भो?
  
भोली त अवस्य मर्नु छदैछ,
आजै तिमीले मारेर के भो?
  
पाप र धर्म जान्दिनौ भने,
आँगनमा तुलसी सारेर के भो?
  
अब त यो लोक परलोक हुँदैछ,
म हिंड्ने बाटो बारेर के भो?
  
यो त मृत्‍युपत्र हो "बिश्वराज" को,
तिमीले माया मारेर के भो?
दुई थोपा आँशु झारेर के भो?

Wednesday, April 23, 2014

नजिक आई हाई भनिन्, आशुँ खसालेर

नजिक आई हाई भनिन्, आशुँ खसालेर,
माफ गर मलाई भनिन्, आशुँ खसालेर। 

तिम्रो मेरो साईनो अब, यत्ती मात्रै रै'छ,
हुँदैछु म पराई भनिन्, आशुँ खसालेर।

लुकीछिपी साटेका ति, तस्बिर र चिठ्ठीपत्र
फ्याकिदेउ है जलाई भनिन्, आशुँ खसालेर।  

उनी सँगै मेरा पनि, आँखा रसाएछन,
नरोई देउ बधाई भनिन्, आशुँ खसालेर।

आशुँ पूछ्दै जाउ भने,घर गरेर खाउ भने,
हात हल्लाउँदै बाई भनिन्, आशुँ खसालेर।
माफ गर मलाई भनिन्, आशुँ खसालेर। 

आँखा भित्रै लुकाउँथे, नानी भैदिए

आँखा भित्रै लुकाउँथे, नानी भैदिए,
प्यासी बनी पिउँथे होला,पानी भैदिए।
एउटा मन छ तिम्रो,मायामा रंगियको, 
सम्झिएर महल यसलाई, रानी भैदिए।
हरेकदिन हाम्रो लागि,प्रेम-दिवस सरी,
"प्रिया" तिमी मायाकी, खानी भैदिए। 
समर्पित तिम्रो माया,समर्पण मेरो पनि,
जीवन भरी हामी दुबै, ज्ञानी भैदिए।
यो खुशी यो माया, उपहार दिन्थे,
साथमा सधैं मेरी प्यारी,"सानी" भैदिए।।

सम्बन्धमा चिरा पर्दा, रुदै जिउछन कोही

सम्बन्धमा चिरा पर्दा, रुदै जिउछन कोही, 
कोही पिउछन मदिरा, बिशै पिउछन कोही। 

अचानोमा मुटु राखी, मायामा धार लाँए,
चिरा परी सकेपछी, मुटु सिउछन कोही।

होलीको निहुँले झरेकी तिमी

होलीको निहुँले झरेकी तिमी, 
रंगले दंग परेकी तिमी।। 
  
फागुले लपक्क छोपेको जवानी, 
अरुले छोला झैं गरेकी तिमी।। 
  
भिजेको चोली छातीमा टाँसिदा,
लाजले भुतुक्क मरेकी तिमी।। 
  
जाडोले कामेका मन र मुटु,
तताउन मै'तिर सरेकी तिमी।।  

मेरो उजाड जिन्दगीमा

मेरो उजाड जिन्दगीमा, हाँसो बनी पस्यौ किन? 
निर्मल थिए आँखाहरु, आँसु बनी खस्यौ किन?

बेवारीसे भएपनी, जिउँदो मान्छे जलाएर 
मौरी जस्तै भुँनभुँनाई, सर्पलेझैं डस्यौ किन?

रहरको माला गाँसी, दोबाटोमै पर्खाएर 
भागीजानु थियो भने, मुटुभित्रै बस्यौ किन? 

दु:ख सुख जसो तसो, रमाएथें आँफै सँग,
फुकीजानु थियो भने, बाचाबन्धन कस्यौ किन?

चोटै दिनु थियो भने, बेसाहराको आँचलभरी 
दिए हुन्थ्यो बिषै बरु, मात्रै छुरा धस्यौ किन?

रहर हुँदाहुँदै....

छिनाईगयौ प्रितको चंगा आकाश छुँदाछुँदै 
सुन्यतामा खसें एक्लै उड्ने रहर हुँदाहुँदै।। 

न फर्किएर हेर्यौ तिमीले न रोक्न सकिएँ म
खस्दा-खस्दै च्यातिएँ म, बेदनाले रुँदारुँदै।।  

पहाडसँग ठोकिएँ खसेर खोँचमा बज्जारिएँ
तलाउ मा डुबीरहेँ म, आँशुले धुँदाधुँदै।।    

रंगिन त्यो समागमको रंग उड्यो साथछोडी
तिमी उड्यौ अरुसंगै, मैले गाँठो फुँदाफुँदै।। 

भेट्न सक्तिन।

म आफ्नै घाँटी, रेट्न सक्तिन
माफ गर तिमीसँग, भेट्न सक्तिन।

सम्बन्धको ऐना, फुटाएर फेरी
तिम्रैपछी आँफैलाई, लखेट्न सक्तिन।

कती सक्छु खै? ति दाग छोप्न
तर माया लाग्छ, म मेट्न सक्तिन।

सक्तिन म भुल्न, ति रहरका रेखा
सक्तिन म बोल्न, म भेट्न सक्तिन।
तर ~~~~~~~~ मेट्न सक्तिन।।

तिम्ले छुँदा धन्य हुन्छु, बात लाग्दैन।।

कोनै छर यहाँ मेरो, तिमी नै हौ सबै-सबै
तिमी बिनाको जमात, जमात लाग्दैन।।

गिल्ला गर्दै ताली पिट्ने, लहरैछन सयौं-सयौं 
तिम्ले जस्तो माया गर्ने, हात लाग्दैन।।

आउ तिमी निस्वार्थ, प्रेम बोकी आउ प्रिय
तिम्ले छुँदा धन्य हुन्छु, बात लाग्दैन।।

श्वास संगै तिम्रो अटुट, विश्वाश भयो भने
खुशीका फुलमाथी तुषारोको, खात लाग्दैन      
तिम्ले छुँदा धन्य हुन्छु, बात लाग्दैन।।

भिजेर यि आँखाहरु, आँशु बन्न नपाउँदै.....

भिजेर यि आँखाहरु, आँशु बन्न नपाउँदै, 
बाटै मोडी तिमी गयौ जाउ भन्न नपाउँदै।।

हेर्यौ चोर्यौ मन-मुटु, आयौ गयौ निमेषमै, 
तिमी सँग बिताएका, दिन गन्न नपाउँदै।।

मधु बेग्लै माला बेग्लै

मधु बेग्लै माला बेग्लै 
जवानीको चाला बेग्लै 
दुबैको चाह उस्तै तर 
ले-ले भन्दा ला-ला बेग्लै 

दिप उस्तै पाला उस्तै 
ढुकुटीको ताला उस्तै 
कामाग्नीमा जलेपछी 
सेता उस्तै काला उस्तै 

ढल अर्कै ढाला अर्कै
मल अर्कै माला अर्कै
डाला भर्ने डल्लाहरु
लाला अर्कै खाला अर्कै 

नयाँ बर्ष

कोहीलाई प्रेमिका फेरिए जस्तो छ नयाँबर्ष,
कसैलाई श्रीमती पोईल गए जस्तो छ नयाँबर्ष।।

नयाँ पात्रोसँगै कोही नयाँ खुशीको मिती हेर्दैछन्,
कसैलाई डर त्रास र भय जस्तो छ नयाँ बर्ष।।

कोहीलाई कर्कश एकोहोरो शंखघोष झैं छ दिन 
कसैलाई लालित्यको लय जस्तो छ नयाँबर्ष।। 

कोहीलाई सुख-शुन्य जोडघटाऊ यो जिन्दगी, 
कसैलाई सयमा सय जस्तो छ नयाँबर्ष।।

यता बिक्षिप्त थकित एउटा बयोबृद्ध रात छ,
उता सुकुमारी शुभकामनामय जस्तो छ नयाँबर्ष।।

तिमी नै बरु फुकेकी छौ भरेर बक्ष-कामिनी।।

हाँस्दापनी पोखिएला छल्केर तिम्रो जवानी
बरु फिस्स मुस्काइदेउ छोपेर आँखाका नानी।। 

रुपको सराबी शहिद हुँदैछ मातको उन्मादले
धारिला ति ढुम्काहरु भाँचिदेउ रुपकी रानी।।

मस्त नयन मदहोस छन प्यासका प्रहारले
अलीकती प्रेमरस पिलाईदेउ न रसरागिनी।। 

अन्धाहरु खेलाडी छन लङ्गडाको शहरमा
मै बैरो बरु उत्कृष्ट छु सुनाईदेउ कुराकानी।। 

सुकेकाछन झुकेकाछन सागरदेखी सगरसम्म
तिमी नै बरु फुकेकी छौ भरेर बक्ष-कामिनी।।   

शहरभरी ज्याला गर्न झरिछौ त सानु।

गाँउघरको ऐंचोपैचो बिर्सियौ र तिम्ले? 
शहरभरी ज्याला गर्न झरिछौ त सानु।

काले भन्थ्यौ जिस्किएर घाँसपँधेरो गर्दा,
गोराहरु पल्काएर मरिछौ त सानु। 

फुस्रा ति गालातिर पाउडर दल्न लजाउँथ्यौ
ओठैभरी रातो लाली भरिछौ त सानु।

बैशको काउकुतीले चोर भा'को छ अचेल

बैशको काउकुतीले चोर भा'को छ अचेल 
धुलीमाटी खेल्याभन्दा फोर भा'को छ अचेल। 

बेहुला-बेहुली खेल्दापनी रमाउँथी हिंजो कत्ती 
झुक्किएर छुँदापनी घोर भा'को छ अचेल।। 

घाँगरको फेर उचाली मकै-भट्ट माग्थी काली 
त्यै घाँगर बाघ थुन्ने खोर भा'को छ अचेल। 

कट्टी भन्दै रुन्थी एक्लै जोडी नपाएर, 
उसको बैश मै बिना जोर भा'को छ अचेल।
बैशको काउकुतीले चोर भा'को छ अचेल।।