Wednesday, April 23, 2014

रहर हुँदाहुँदै....

छिनाईगयौ प्रितको चंगा आकाश छुँदाछुँदै 
सुन्यतामा खसें एक्लै उड्ने रहर हुँदाहुँदै।। 

न फर्किएर हेर्यौ तिमीले न रोक्न सकिएँ म
खस्दा-खस्दै च्यातिएँ म, बेदनाले रुँदारुँदै।।  

पहाडसँग ठोकिएँ खसेर खोँचमा बज्जारिएँ
तलाउ मा डुबीरहेँ म, आँशुले धुँदाधुँदै।।    

रंगिन त्यो समागमको रंग उड्यो साथछोडी
तिमी उड्यौ अरुसंगै, मैले गाँठो फुँदाफुँदै।। 

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment