Sunday, September 21, 2014

रहर

अलिकती तिम्रो हाँसो मिसाउन पाए
तिमीसँगै यो जिन्दगी घिसाउन पाए।।

आहा! कस्तो हुन्थ्यो होला ति दिनहरु
फकाउने तिमी हुँदा म रिसाउन पाए।।

आउ आधाआधी गरौं भाग्यका बोझहरु
तिम्रैकाखमा सुखदुख बिसाउन पाए।।

जाँतो बिना के अर्थ र घुमाउने हातोको
मिलिजुली रहरहरु पिसाउन पाए।।

आहा! कस्तो हुन्थ्यो होला ति दिनहरु
फकाउने तिमी हुँदा म रिसाउन पाए।।    

                   ~~~*~~~

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment