Monday, December 15, 2014

म पिउँ कसोरी यि रहरका नशा??

अधरमा टिलपिल ति नजरका नशा
म पिउँ कसोरी यि रहरका नशा??

गोधुली सन्ध्या उ लाजले रातै छे,
म छोपुँ कसोरी यि प्रहरका नशा??

कुबेरको खजाना उ बैंशका उभारले
म ढाँटु कसोरी यि कहरका नशा??

यो बजार तिम्रै, हजार तिम्रै छन,
म छुटुँ कसोरी यि शहरका नशा??

हे मेरी प्रेयसी! बिषकन्या हौ भने  
म मेटुँ कसोरी यि जहरका नशा?
       ****समाप्त****

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment