Thursday, April 24, 2014

दुई एकान भन्नेहरु दुईदुना चार भए,

धेरैभए नोटमा बिक्ने भोटका कुरा
आउ गरौं बदमासी र खोटका कुरा।।    

कती गर्छौ मालिकका बखान सधैं  
आउ गरौं गरीबका चोटका कुरा।। 

बेचिए कालाकोटे अन्धाका बजारमा
बुख्याँचाले के को सुन्थ्यो कोटका कुरा  

बाँचौ, बचाउँ र बाँच्न दिउँ सबैलाई 
जातियता बिर्सेंर गरौं अठोटका कुरा।

दुई एकान भन्नेहरु दुईदुना चार भए,
आउ काम्रेड मैदानमै गरौ दुनोटका कुरा।

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी 
रुनै परे तिमी सँगै, रुन देउ सानी। 

एउटा गीत लेखेको छु, तिम्रो संगितमा
सुमधुर हुन्थ्यो मधुर, धून देउ सानी। 

बिर्सिदेउ पुराना घाउ, सम्हाली देउ मन
दागहरु मेटाउँछु, धुन देउ सानी।

तिम्रो न्यानो अँगालो नै, स्वर्गसरी लाग्छ 
सधैं भरी मलाई तिम्रै, हुन देउ सानी। 

मेरो माया तिमीलाई, गुन लाग्छ भने 
गुन साट्न बदलामा, गुन देउ सानी। 
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी।।   

बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि?

बोलाई मलाई, तिमी अन्तै ढुक्यौ कि
जुन झैं बादलमा, तिमी आँफै लुक्यौ कि। 

बाँचुन्जेल तिमी सँगै, जिउँछु भन्थ्यौ
गरेर बाचा, तिमी आँफै चुक्यौ कि। 

बाँधिएर डोरीझैं, साथ हुन्छु भन्थ्यौ
छोडेर साथ, तिमी आँफै फुक्यौ कि। 

यो चोखो मायाको, जित हुन्छ भन्थ्यौ
हारेर मायामा, तिमी आँफै झुक्यौ कि। 

सागर झैं तिमीसँग, बहन्छु भन्थ्यौ
खहरे खोला झैं, तिमी आँफै सुक्यौ कि। 
बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि।।

अभागी आज आँफै, टुटे पछि थाहा पाँए

के रहेछ मायाप्रिती? छुटे पछि थाहा पाँए,
जवानीको मुल्य मैंले, लुटे पछि थाहा पाँए!

अशुभ भन्थे किन? टुटेका काँचका भाँडा,
अभागी आज आँफै, टुटे पछि थाहा पाँए!

तिमी सँग गर्ने धेरै, बात बाँकी छ।

यो त सन्ध्या हो पुरै, रात बाँकी छ,
तिमी सँग गर्ने धेरै, बात बाँकी छ।

कती रुज्छौ एक्लै ति परेली भिजाई,
तिमी संगै मायाको, बर्षात बाँकी छ।

मदहोस् नजरका नशा नपिलाउ आजै,
तिम्रै लागि एउटा सिंगै, मात बाँकी छ।

छिनमै गर्मी छिनमै जाडो,यो मायाको मौसम,
केही बेर पर्ख प्रिया, पुरै हिमपात बाँकी छ।

बरु काली भन कृपया मलाई जाली नभन

बरु काली भन कृपया मलाई जाली नभन,
म त तिम्रै घरवाली हुँ,मलाई साली नभन।

सम्मोहनका मधुमासमा मदहोस सुवासिनी,
म त हजुरकै फुलबारी हुँ,मलाई माली नभन।।

श्पर्शमा लालायित मस्त परागमा फक्रियकी,
म त सुन्दर गुलाब हुँ,मलाई डाली नभन।।।

सुहागका प्रतिबिम्ब तिम्रै लागि आवाद सिँउदो,
पर्खाइमा प्रताडित मलाई किन खाली? नभन।।।।

नयाँ सम्बन्ध,नयाँ संसार अनी खुशी नयाँ बर्षको,
यि त स्वम्बरका थपडीहरु हुन्,रमिते ताली नभन।।।

मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ

मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ,
सम्झनाका अमुल्य उपहारहरू, बर्षाको बेस्वादे बिमिरो भएछ।
  
समय सँग चल्न जानिन कोही कसैलाई छल्न जानिन,
त्यसैले मायाका ब्यापारीहरू, तिम्रो दिलको हिरो भएछ।

तिमीलाई सधैं आलिशान न्यानो-न्यानो जताततै,
मलाई मात्रै पापी माया, मुटु कमाउने ठिहिरो भएछ।
  
धन त बराबरी होला नहोला चाहन्थे चाहना बराबरी होस्,
तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ।।।।।