Wednesday, April 23, 2014

नयाँ बर्ष

कोहीलाई प्रेमिका फेरिए जस्तो छ नयाँबर्ष,
कसैलाई श्रीमती पोईल गए जस्तो छ नयाँबर्ष।।

नयाँ पात्रोसँगै कोही नयाँ खुशीको मिती हेर्दैछन्,
कसैलाई डर त्रास र भय जस्तो छ नयाँ बर्ष।।

कोहीलाई कर्कश एकोहोरो शंखघोष झैं छ दिन 
कसैलाई लालित्यको लय जस्तो छ नयाँबर्ष।। 

कोहीलाई सुख-शुन्य जोडघटाऊ यो जिन्दगी, 
कसैलाई सयमा सय जस्तो छ नयाँबर्ष।।

यता बिक्षिप्त थकित एउटा बयोबृद्ध रात छ,
उता सुकुमारी शुभकामनामय जस्तो छ नयाँबर्ष।।

तिमी नै बरु फुकेकी छौ भरेर बक्ष-कामिनी।।

हाँस्दापनी पोखिएला छल्केर तिम्रो जवानी
बरु फिस्स मुस्काइदेउ छोपेर आँखाका नानी।। 

रुपको सराबी शहिद हुँदैछ मातको उन्मादले
धारिला ति ढुम्काहरु भाँचिदेउ रुपकी रानी।।

मस्त नयन मदहोस छन प्यासका प्रहारले
अलीकती प्रेमरस पिलाईदेउ न रसरागिनी।। 

अन्धाहरु खेलाडी छन लङ्गडाको शहरमा
मै बैरो बरु उत्कृष्ट छु सुनाईदेउ कुराकानी।। 

सुकेकाछन झुकेकाछन सागरदेखी सगरसम्म
तिमी नै बरु फुकेकी छौ भरेर बक्ष-कामिनी।।   

शहरभरी ज्याला गर्न झरिछौ त सानु।

गाँउघरको ऐंचोपैचो बिर्सियौ र तिम्ले? 
शहरभरी ज्याला गर्न झरिछौ त सानु।

काले भन्थ्यौ जिस्किएर घाँसपँधेरो गर्दा,
गोराहरु पल्काएर मरिछौ त सानु। 

फुस्रा ति गालातिर पाउडर दल्न लजाउँथ्यौ
ओठैभरी रातो लाली भरिछौ त सानु।

बैशको काउकुतीले चोर भा'को छ अचेल

बैशको काउकुतीले चोर भा'को छ अचेल 
धुलीमाटी खेल्याभन्दा फोर भा'को छ अचेल। 

बेहुला-बेहुली खेल्दापनी रमाउँथी हिंजो कत्ती 
झुक्किएर छुँदापनी घोर भा'को छ अचेल।। 

घाँगरको फेर उचाली मकै-भट्ट माग्थी काली 
त्यै घाँगर बाघ थुन्ने खोर भा'को छ अचेल। 

कट्टी भन्दै रुन्थी एक्लै जोडी नपाएर, 
उसको बैश मै बिना जोर भा'को छ अचेल।
बैशको काउकुतीले चोर भा'को छ अचेल।।